ds

वित्तीय साक्षरता कार्यक्रम आयोजना सम्पन गरियो

प्रभु स्टक मार्केट लिमिटेडले मिति २०८२।०९।१८ गते कम्पनीको दास्रो वार्षिक उत्सवको सन्दर्भ पारेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रम एशियन कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलजी, मीनभवन काठमाडौँमा सञ्चालन गरिएको थियो । कार्यक्रममा कलेजका ब्याचलर्स पाचौँ सेमेष्टरमा अध्ययनरत ४० विद्यार्थीहरूको सहभागिता थियो । कार्यक्रममा प्रभु स्टक मार्केट लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मप्रसाद उप्रेतीले प्रभु स्टक मार्केट लिमिटेडको सामान्य परिचयसँगै पूँजीबजारको परिचय र महत्व, नेपालमा पूँजीबजारका सदस्य संस्थाहरू, पूँजी परिचालनमा पूँजीबजारको योगदान, स्टक–शेयरको परिचय तथा विशेषता, शेयरमा लगानी गर्दाका फाइदाहरू, म्युचुअल फण्डको विशेषता तथा सञ्चालनविधि र फाइदा, बण्ड र डिबेन्चरको परिचय, फाइनासिन्सयल तथा टेक्निकल विश्लेषणको परिचय तथा सिद्धान्तलाई समेटेर आफ्नो प्रस्तुति दिनुभएको थियो । त्यस क्रममा उहाँले डिम्याट खाता, मेरो शेयर तथा ट्रेड म्यानेजमेन्ट सिस्टमको बारेमा समेत चर्चा गर्नुभएको थियो । प्रभु स्टकको तर्फबाट श्री तारा भुसालले संयोजन गर्नुभएको उक्त कार्यक्रमको शुरुमा कलेजको तर्फबाट भाइस प्रिन्सिपल श्री अमित गुप्ताले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रस्तुतीकरणपछि विद्यार्थीहरूसँग अन्तरक्रिया समेत भएको थियो ।